Online Nepal शनिबार, जेष्ठ ५ २०८१

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको ‘मेरो मायाले छुन्छ छुुदैन’ सार्वजनिक

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको ‘मेरो मायाले छुन्छ छुुदैन’ सार्वजनिक


मध्यान्तर संवाददाता
  • सोमबार, पुष १४ २०७६

  • काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘मेरो मायाले छुन्छ छुुदैन’ सार्वजनिक भएको छ । योगेशकाजी र सारिका घिमिरेको स्वरमा रहेको गीत ‘मेरो मायाले छुन्छ छुुदैन’को भिडियो सार्वजनिक भएको हो ।

    योगेश काजीको सङ्गीतरसङ्गीत संयोजन, एचबीएन किस्मतको मिक्सिङ र माष्टरिङ रहेको गीतको भिडियोलाई गम्भिर विष्टले निर्देशन तथा कोरियोग्राफ गरेका हुन् ।

    कार्टुन क्रुज गु्रपका सरोज र आष्माको अभिनय रहेको गीतको भिडियोमा सारिका र योगेशलाई पनि देख्न सकिन्छ । अर्जुन तिवारीको छायाँकन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन रहेको छ ।

    गीतको भिडियोलाई डीआर म्युजिक एण्ड क्रिएशनबाट सार्वजनिक गरिएको हो । यो गीत डा. डीआर उपाध्यायको गत महिना विश्व रेकर्ड राख्न सफल एल्बम ‘सेभेन्थ कड्स’को हो ।

    हालसम्म १८ एल्बम सार्वजनिक गरेका विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायले गीत लेखेर विभिन्न विधामा १४ विश्व रेकर्ड बनाएका छन् । गीत लेखनसँगसँगै उपन्यास लेखनमा पनि त्यतिकै सक्रिय रहेका उनका दश उपन्यास पाठकमाझ आएका छन् ।

    प्रतिक्रिया
    थप समाचार