Online Nepal शनिबार, जेष्ठ ५ २०८१

निनाम र वविनको ‘मैना मैनी’ सार्वजनिक (भिडियोसहित)

निनाम र वविनको ‘मैना मैनी’ सार्वजनिक (भिडियोसहित)


मध्यान्तर
  • आइतबार, पुष २७ २०७६

  • काठमाडौं । निनाम हाङ राई र वविन किरातीको स्वरमा रहेको गीत ‘मैना मैनी’ सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीको सरस्वतीनगर स्थित फलैंचामा एक कार्यक्रमबीच गीतकार सघंका उपाध्यक्ष शुभ मुकारुङको प्रमुख आतिथ्यतामा पर्यटन प्रवद्र्धन सम्बन्धि गीत ‘मैना मैनी’ सार्वजनिक गरिएको हो ।

    दीलिप राई ‘सागर’को शब्द, सन्तोष दुमीको सङ्गीत, दिवेश राईको एरेञ्ज रहेको गीतको भिडियोलाई आशिक राईले निर्देशन गरेका छन् ।उदयपुरको बेलका नगरपलिकाको मैना मैनीको प्राकृतिक सौन्दर्यको वर्णन गरिएको गीतको भिडियोमा नग्मा श्रेष्ठ, निनाम हाङ राई, सरिता राई, मनिषा राईलगायतलाई फिचरिङ गरिएको छ । सुरज खनालले छायाँकन गरेको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ ।

    कार्यक्रममा प्रमुख अतिथि शुभ मुकारुङले गीत राम्रो रहेको र गीतको भिडियो पनि उत्कृष्ट रहेको भन्दै बधाई तथा शुभकामना दिएका थिए । पर्यटन वर्ष २०२० लाई लक्षित गरिएको यो गीतको भिडियोमा प्राकृतिक सुन्दरताले भरिपूर्ण मैना मैनी घुम्नका लागि गीत मार्फत आग्रह गरिएको गायक निनामले बताए । यस्तै अतिथिहरुले बधाई तथा शुभकामना दिएका थिए ।

     

    प्रतिक्रिया
    थप समाचार