Online Nepal शनिबार, जेष्ठ ५ २०८१

बिष्ट र चौहानलाई ‘धोका दियो हाईटले’

बिष्ट र चौहानलाई ‘धोका दियो हाईटले’


मध्यान्तर
  • शुक्रबार, फाल्गुन २३ २०७६

  • काठमाडौं । जुनको साथी तारा, सिम्पल डिम्पल, रेवन चस्मा लगाएतका थुप्रै गीतका गीतकार तथा संगीतकार भिम बिष्ट र पछिल्लो समयकी चर्चित गायिका एलिना चौहानको स्वरमा सजिएको गीत ‘धोका दियो हाइटले’को भिडियो सार्वजनिक भएको छ ।

    नवराज कलौनीको शब्द, भिम बिष्टको संगीत र रिकेश गुरुङको संगीत संयोजन रहेको गीत इनाक्षी इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । रोमान्टिक डान्सिङ फ्लेवरको गीतको भिडियो पनि उत्तिकै सुन्दर बनेको छ । टेक बहादुर शाह ‘टेकेन्द्र’को निर्देशन रहेको गीतको भिडियोमा आँचल शर्मा, जिवेश गुरुङ, बुद्दी तामाङ, सर्मिला शर्मा, भिम बिष्ट र एलिना चौहान फिचर्ड छन् ।

    गीतमा हाइटले धोका दिदा भोग्नु परेको समस्यालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । भिम बिष्टका यो भन्दा पहिलेका सबै गीतहरु हिट नै छन् । यो गीतमा पनि आफुहरुले निकै मेहनत गरेर ल्याएको र दर्शकहरुले पनि पहिलेका गीत जस्तै ‘धोका दियो हाईट’लाई पनि मन पराइदिनेमा आफु र आफ्नो टिम ढुक्क रहेको गायक बिष्टले बताए ।

    गीतको भिडियोमा राम कुमार केसीको छायांकन, बिक्रम स्वारको कोरियोग्राफि र निर्देशक टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

    गीत आँफैमा सुमधुर र त्यसमाथि भिडियो पनि झन उत्कृष्ट बनेकोले दर्शकहरुले मन पराउनेमा आफुहरु ढुक्क रहेको इनाक्षी इन्टरटेन्मेन्टका राम कंडेलले जानकारी दिए । पछिल्लो समयमा इनाक्षी इन्टरटेन्मेन्ट मार्फत उत्कृष्ट गीतहरु सार्वजनिक भैरहेका छन ।

    भिडियो हेर्नुहोस्

    प्रतिक्रिया
    थप समाचार