Online Nepal शनिबार, जेष्ठ ५ २०८१

‘एक्लै छु म’ भन्दै आईन अञ्जु पन्त (भिडियोसहित)

‘एक्लै छु म’ भन्दै आईन अञ्जु पन्त (भिडियोसहित)


मध्यान्तर
  • शुक्रबार, फाल्गुन २३ २०७६

  • काठमाडौं । लोकप्रिय गायिका अञ्जु पन्तको स्वरमा रहेको गीत ‘एक्लै छु म’ सार्वजनिक भएको छ । प्रशान्त पौडेलको शब्द तथा सङ्गीत, विशाल निरौलाको एरेञ्ज र नरेश विविसीको मिक्सिङरमाष्टरिङ रहेको गीतको भिडियो बिहिबार सार्वजनिक भएको हो ।

    देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा लोकप्रिय नायिका वर्षा राउत र नायक राम बाबुलाई फिचरिङ गरिएको छ । उत्सव दाहालको छयाँकन रहेको भिडियोमा विकास दाहालको सम्पादन रहेको छ ।

    एविएस म्युजिक प्रा।लि।को प्रस्तुति रहेको गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीतको भिडियो स्रोतारदर्शकमाझ ल्याएका छौ, आशा छ सबैको मन जित्ने छ’, निर्देशक देवेन्द्रले भने ।

    प्रतिक्रिया
    थप समाचार