Online Nepal शनिबार, जेष्ठ ५ २०८१

गायीका राइको यात्रा ‘पूर्व देखि पश्चिमसम्म’

गायीका राइको यात्रा ‘पूर्व देखि पश्चिमसम्म’


मध्यान्तर
  • आइतबार, फाल्गुन २५ २०७६

  • काठमाडौं । पछिल्लो समयकी चर्चित गायिका मेलिना राईको स्वरमा सजिएको गीत ‘पूर्व देखि पश्चिमसम्म…’ को भिडियो सार्वजनिक भएको छ । हिराकाजी थापाकोे शब्द, रोशन गुरुङको संगीत र कृष्ण रसालको निर्देशन रहेको गीत ड्रिम्स गेट ईन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

    रोमान्टिक डान्सिङ फ्लेवरको गीतको भिडियो पनि उत्तिकै आकर्षक बनेको छ । गीतको भिडियोमा रेशम फिरिरि, सृष्टि खड्का, करण बराल, सुभाष गजुरेल, ज्ञानेन्द्र खड्का, आरजे सापकोटा आदि फिचर्ड छन् ।

    अघिल्ला भिडियोहरु झै यो भिडियोमा पनि आफुहरुले निकै मेहनत गरेर ल्याएको र दर्शकहरुले पनि पहिलेका गीत जस्तै ‘पूर्व देखि पश्चिमसम्म..’लाई मन पराईदिनेमा आफु र आफ्नो टिम ढुक्क रहेको निर्देशक कृष्णले बताए ।

    प्रतिक्रिया
    थप समाचार