Online Nepal शनिबार, जेष्ठ ५ २०८१

रुबेन अवालेको ‘तिमी बिना’ सार्वजनिक (भिडियोसहित)

रुबेन अवालेको ‘तिमी बिना’ सार्वजनिक (भिडियोसहित)


मध्यान्तर
  • बिहिबार, भाद्र ११ २०७७

  • काठमाडौं । कुसुम मिडिया क्रियशनको पहिलो प्रस्तुति ‘तिमी बिना’ सांगितीक कोसेली दर्शक श्रोता सामु आएको छ । युवा गायक रुबेन अवालेको आवाजमा गीत ग्ल्याममान्डु च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

    रोशिकले निर्देशन गरेको गीतमा प्रेम बियोगलाई भिडियो कथामा देखाउन खोजिएको छ । मिलन खड्का र रितु पौडेलेको अभिनय रहेको ‘तिमी बिना’मा पुरुष पात्रको मनभित्र लुकेका प्रेम बियोगको बेदनालाई उसको दिनचर्या मार्फत बिर्सने प्रयास र अझ विगतले उसलाई पछाई रहिरहेको वर्तमानको दृश्यहरु भिडियोमा अटाउन खोजिएको छ ।

    युवा पुस्तामा हुने गरेका प्रेम बिलापपछिको पिडालाई गायक रुबेन अवाले लेख्ने कोसिस गरेका छन् । गीतको संगीत संयोजन पनि अवाले आफैले गरेका छन् भने सङ्गीत सोल साउण्डको र साउन्ड मिक्सिङ्ग भने जोल मुक्तानले गरेका छन् ।

    भिडियोको प्रोडक्सन ब्यवस्थापन सुप्रिया महर्जन सापकोटाले गरेकी छिन भने भिडियोको बजार व्यवस्थापन केशव रोक्का र हिम सागर बामले गर्दै आएका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार