Online Nepal शनिबार, जेष्ठ ५ २०८१

‘बाटो हेरी नरोउ है आमाले’ को म्युजिक भिडियो सार्वजनिक

‘बाटो हेरी नरोउ है आमाले’ को म्युजिक भिडियो सार्वजनिक


मध्यान्तर
  • मंगलबार, असोज ६ २०७७

  • काठमाडौं । बिदेशिएका युवावर्गको पिडालाई गहकिलो ढंगले प्रस्तुत गरिएको सांगितीक भिडियो दिपिका म्युजिकको अफिशियल च्यानलबाट सार्वजनिक भएको छ । कोरोना कहरका कारण स्वदेश फर्कन नसकेका कामदारको विषयमा बनेको मार्मिक गीतका गायक बद्री पंगेनी हुन् ।

    साच्चै नै आमा र सन्तान बीचको गहिरो र आत्मिय सम्बन्ध र आफ्नो गाउँ, घरको सम्झनाले न्यास्रो लाग्ने तथ्यलाई भावुक एवं सांगीतिक रुपमा प्रस्तुत गरिएको भिडियो गत हप्तामात्र सार्वजनिक भएको ‘मेरो नशा नशामा तिमि…’ बोलको भिडियोबाट चर्चा बटुलिरहेका युवा निर्देशक क्रान्ति के.सी.ले निर्देशन, सम्पादन गरेका हुन् । यसमा निराजन के.सी.को सहनिर्देशन रहेको छ ।

    चाडपर्व नजिकिदै गर्दा घरबाट टाढा रहेका र घर फर्कन असमर्थ नेपालीहरुको आँखा रसाउँने छन् ‘बाटो हेरी नरोउ है आमा…’ बोलको भिडियो हेर्दा । दिपक कँडेलको शब्द, गणेश अधिकारीको संगीत, अजय रेग्मीको छायांकन रहेको भिडियोमा बद्री पंगेनीलाई अभिनयमा सुलोचना भडेल, मनिषा लोकन्द्री आदिले साथ दिएका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार