Online Nepal शनिबार, जेष्ठ ५ २०८१

उप्रेतीले ल्याए ‘कोलम्बस की कान्छी’ भिडियोसहित

उप्रेतीले ल्याए ‘कोलम्बस की कान्छी’ भिडियोसहित


मध्यान्तर
  • बुधबार, असोज २८ २०७७

  • काठमाडौं । लामो समयदेखि शैक्षिक परामर्श क्षेत्रमा सक्रिय एजुकेसन एण्ड माइग्रेसन कर्नरले गीतसंगीतको क्षेत्रमा पनि सहभागिता जनाउन थालेको छ । संस्थाले नेपाली चलचित्र र गीत संगीत क्षेत्रको प्रवद्र्धन गर्ने उदेश्यले नयाँ सांगीतिक कोसेली बजारमा ल्याएको छ । सोहि क्रममा एजुकेसन एण्ड माइग्रेसन कर्नरको प्रस्तुति र सुनील उप्रेतीको निर्माणमा तयार भएको ‘कोलम्बस की कान्छी’ बोलको म्युजिक भिडियो बजारमा आएको छ ।

    तारा फूयांलको शब्दमा ओम सुनारको स्वर तथा सङ्गीत रहेको छ । मौसम हिमालीको निर्देशन रहेको गीतको भिडियोमा अलिशा शर्मा र टिकटक सेलिब्रिटी डिमोन क्षेत्रीको अभिनय छ । भिडियोको सम्पादन र छायांकन दीपेन बस्न्यातले गर्नुभएको हो भने गोदावरी वरीपरी छायांकन गरिएको छ ।

    ‘नेपाली बिध्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया लगायतका मुलुकमा जान हामीले पुलको काम गर्दै आइरहेका बताउँदै नेपाली मनोरन्जन क्षेत्रमा पनि जोडीने जमर्कोका साथ लागि परेको भिडियोका निर्माता सुनील उप्रेतीले जानकारी दिए ।

    म्युजिक भिडियोलाई नेपआर्ट डिजिटल यूटुब मार्फत सार्वजनिक गरिएको छ ।

    प्रतिक्रिया
    थप समाचार