Online Nepal शनिबार, जेष्ठ ५ २०८१

‘भुल्यौं कि मायाले…’ भन्दै आए सञ्चारकर्मी जनक

‘भुल्यौं कि मायाले…’ भन्दै आए सञ्चारकर्मी जनक


मध्यान्तर
  • बिहिबार, असोज २९ २०७७

  • काठमाडौं । लामो समयदेखि पत्रकारितामा रहनुभएका गीतकार जनक रावलको नयाँ गीत ‘भुल्यौं कि मायाले…’ सार्वजनिक भएको छ । एलिना चौंहान र रुपक डोटेलको स्वर तथा किरण माइकल घिमिरेको सङ्गीतमा रहेको लोक प्याट्रनको गीतको भिडियो सार्वजनिक भएको हो ।

    यादव पुडासैनीको निर्देशन रहेको गीतको भिडियोले बेहुला बेहुली र राजा रानीको कथा बोकेको छ । गीतको भिडियो ओएसआर डिजिटलबाट बिहीबार सार्वजनिक गरिएको हो । सार्वजनिक गीत गीतकार रावलको ‘निश्चल प्योरनेश अफ हर्ट द म्युजिक’ एल्बम समावेश छ ।

    सार्वजनिक गीतमा बालापनमा गोठालो गएको, मेलापात भरेको, पानी पँधेरो धाएको सम्झनाहरू प्रस्तुत गरिनुका साथैं भाँडाकुटी खेलेको, बेहुला बेहुली बनेको, राजा रानी बनेको, लुकामारी खेलेको कुरालाई नबिर्सिएर ताजैं स्मरण गरेको भावहरु छर्लङ्ग दर्शाइएको हेर्न पाईन्छ ।

    गीतकार रावलले निश्चल एल्बमको ‘म माया लाउँदिन’ बोलको गीत सार्वजनिक गरेको केही दिनमा सोही एल्बमको अर्को गीत ‘भुल्यौं कि मायाले…’ सार्वजनिक गरेका हुन् ।

    गीतको भिडियोमा बालापनको अभिनयमा निश्चल र निकिशा लाई प्रस्तुत गरिएको छ भने तिनैं बाल बालिकाको युवाअवस्थाको प्रस्तुतिमा रमेशचन्द सोडारी र रोली तामाङ लाई फिचरिङ गरिएको छ ।

    नारायण रिजालको कोरियोग्राफी रहेको गीतको भिडियोमा कन्सेप्ट र क्रियशन गीतकार स्वयम्को रहेको छ । सुरज लामिछानेको मुख्य सहायक निर्देशन रहेको गीतको भिडियोमा सुरेश बज्राचार्यको छायाँकन र मित्रदेव गुरुङको सम्पादन छ ।
    गीत जति राम्रा छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ ।

    सञ्चारकर्मी जनक रावलका पाँच दर्जन भन्दा बढी गीत स्रोता/दर्शकमाझ आइसकेका छन् । धेरै गीत मार्फत उहाँ स्रोता/दर्शकको मन मष्तिस्कमा बस्न सफल भएका छन् । ‘यसपाली लोकप्याट्रनको अलिक पृथक गीत पस्किएको छु आशा छ मेरो यसअघिका गीत जस्तै यसले पनि सबैको साथ सहयोग पाउने छ’, जनकले भने ।

    प्रतिक्रिया
    थप समाचार