Online Nepal शनिबार, जेष्ठ ५ २०८१

साँगीतिक यात्राको लागि गायीका सत्यकला राई अमेरिकामा

साँगीतिक यात्राको लागि गायीका सत्यकला राई अमेरिकामा


मध्यान्तर
  • बुधबार, साउन २२ २०७६

  • काठमाडौं । चर्चित गायिका सत्यकला राई दुई महिने साँगीतिक कार्यक्रमको सिलसिलामा यतिबेला अमेरिका भ्रमणमा रहनु भएकी छन् । बिभिन्न स्टेटमा आफ्नो प्रस्तुती दिने क्रममा हाम्रो आवाज अनलाईन टि.भि.को प्रस्तुती नमस्ते कोलोराडो साँगीतिक साँझ हालै भब्य रुपमा सम्पन भएको छ ।

    कोलोराडोका बिभिन्न संघ संस्थाको प्रतिनिधि देखि पन्ध्रौ पटक सगरमाथा आरोही छिरिङ्ग दोर्जी शेर्पा र नावाङ वाङ्छु शेर्पाको उपस्तिथि रहेको उक्त कार्यक्रमलाई उपस्थित व्यक्तित्वहरुले बडो मनोरञ्जनको रुपमा लिएको आयोजकको भनाइृ छ । प्राज्ञ एवं लोकप्रिय गायिका सत्यकला राईले ‘तिमीलाई हंकङ पुर्यायो…’ गाउँदा सबै आआफ्नो सिटबाट उठेर ताली बजाउँदै नाचेका थिए ।

    दुई घण्टाको साँगीतिक कार्यक्रममा प्राज्ञ सत्यकला राई ,लोकप्रिय गायक बसन्त लम्साल, महेश बुढाथोकी, दिनेश कार्कीको बेजोड प्रस्तुतीको साथमा एस.बि.के.डि. ग्रुप डान्सरको भाईबहिनीहरुको नृत्यले कार्यक्रमलाई थप मनोरञ्जनात्मक तुल्याएको थियो ।

    प्रतिक्रिया
    थप समाचार