Online Nepal मंगलबार, बैशाख ११ २०८१
अन्तरवार्ता

नेताहरुलाई सचेत गराउन ३ वर्षमा अधिवेशन गराउनु पर्छ: काँग्रेस नेता खड्का

नेताहरुलाई सचेत गराउन ३ वर्षमा अधिवेशन गराउनु पर्छ: काँग्रेस नेता खड्का


नारायण तिवारी
  • आइतबार, साउन ३२ २०७७

  • श्याम खड्का, कांग्रेस काठमाडौं क्षेत्र नं ५ का महासमिति सदस्य

    प्रमुख प्रतिपक्षी दल कांग्रेस १४ औं महाधिवेशनको तयारीमा जुटिरहेको छ । केन्द्रदेखि स्थानीय तहसम्म, नेता देखि कार्यकर्तासम्म यतीखेर महाधिवेशनको रौनक छाएको छ । आरोप प्रत्यारोप तथा विभिन्न विवादहरु पार्टीभित्र यथावत नै छ । चुनाव लक्षित विभिन्न गुट तथा उपगुटहरु पनि यतिबेला जन्मिरहेका छन् । सोही विषयमा  नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ५ का महासमिति सदस्य, लोकप्रिय नेता एवं कुशल संगठक श्याम खड्कासंग कुराकानी :

    महाधिवेशन कत्तिको लागिरहेको छ ?
    महाधिवेशन लागिरहेको छ । यो कांग्रेसीहरुको महत्वपूर्ण पर्व हो । यो लाग्नु पनि पर्छ । महाधिवेशनले नेपाली कांग्रेसको भविष्य निर्धारण गर्छ । महाधिवेशन भब्य तथा सभ्य रुपमा सम्पन्न गर्नका लागि कार्यकर्ताहरु देशभरी उत्साहित बनेका छन् ।

    पार्टीभित्रकै कतिपय मानिसहरुले महाधिवेशन अनिश्चित बनेको कुराहरु बताईरहेका छन् । तपाईलाई चै के लाग्छ निर्धारीत मितीमा नै महाधिवेशन होला ?
    अवश्य हुन्छ । म त अझ के भन्छु भने महाधिवेशन ३–३ वर्षमा हुनु पर्छ । जटिल अवस्थामा ६ महिना थप हुनुपर्छ । यसले पार्टीका कार्यकर्ताहरुमा थप जोश जाँगर ल्याउछ ।

    तर श्याम जी महाधिवेशन ३–३ वर्षमा गरेपनि २–२ वर्षमा गरेपनि आउने नेता उहि नै होइनन् ?
    नेतृत्व पुरानो आउने वा नयाँ आउने सवालमा म के भन्छु भने राम्रो काम गरेको छ भने पार्टीका क्रियाशील सदस्यहरुले राम्रो मान्छेलाई छान्छन । त्यसै कारणले नेताहरुलाई पनि एउटा डर हुनुपर्यो । अहिले के छ भने ४ वर्ष प्रावधान राखीदिएको छ । विशेष अवस्थामा १ वर्ष थप्न पाइन्छ । फेरि त्यसमा पनि विशेष अवस्थामा अर्को ६ महिना थप्न पाइन्छ । यसले गर्दा ५ वर्ष मेरा लागि सुरक्षित छ भन्ने जुन मानसिकता हुन्छ, त्यसलाई अन्त्य गर्नका लागि नेताहरुलाई सचेत गराउन ३ वर्षमा अधिवेशन गराउनु पर्छ भन्ने मेरो भनाई हो ।

    पार्टी भित्रै व्यापक आलोचना छ, नेतृत्व भएन भन्ने तपाईहरुकै पार्टीभित्रै व्यापक गुनासो छ फेरि पनि पुरानै नेताहरुको पुनारावृत्ति भइरहेको छ । महाधिवेशनले पनि नयाँ कुरा त के ल्याउला र ?
    नयाँ कुरा अवश्य ल्याउछ । किनभने पार्टी स्थापना भएदेखि अहिलेसम्म कति नेतृत्वहरु परिवर्तन भइसके । अब आउने महाधिवेशनबाट पनि नयाँ नेतृत्व चयन हुन्छ । राम्रो काम गर्ने नै चयन हुने हो ।

    नेपाली कांग्रेसमा यतीबेला चुनाव लक्षित विभिन्न गुट उपगुटहरु निर्माण भइरहेको छ । यसले पार्टीलाई बलियो बनाउछ ?
    अवश्य बलियो बनाउछ । किनभने लोकतान्त्रीत पद्धतीमा चुनाव हुनुपर्छ । चुनाव हुने भएपछि गुट–उपगुट हुन्छ ।

    विगतमा गुट उपगुटले पार्टी नराम्रो भइरहेको हो नी हैन र ?
    प्रतिस्पर्धा भएपछि गुट उपगुट भइहाल्छ नी ।

    अब नेतृत्वले गुट उपगुट सम्हाल्ने की पार्टीलाई अघि बढाउने ?
    त्यो त नेतृत्वले मिलाउन सक्नु पर्छ । चुनावको बेलामा मात्र गुट उपगुट बनाउने हो । त्यसले प्रतिस्पर्धाको वातावरण देखाउछ र राम्रो मान्छे चयन हुन्छ । त्यसपछि भने गुट उपगुट बन्द हुनुपर्छ र पार्टीलाई राम्रोसंग चलाउनु पर्छ ।

    तर त्यो व्यवहारमा त देखीदैंन नी ? विगतमा त्यो देखीसकेको छ । अहिलेसम्म पनि पार्टीले एक ढिक्का भएर किन काम गर्न सकिरहेको छैन ?
    त्यो छ, हेर्दा देखीन्छ । तर त्यो नेतृत्वले मिलाउनु पर्यो नी त । यती त्याग तपस्या गरेको नेताहरुले सोच्नु पर्यो के त्यो कुरा ।

    नेपाली कांग्रेसमा पूरानो पुस्तालाई विदा गरेर नयाँ पुस्ता आउने चैं कहिले हो ?
    यो भन्ने भनाई मात्र हो । पार्टीभित्रका २० जना युवा नेताहरु एकै ठाँउ उभिएको देख्नु भएको छ । यो भाषणमा सिमित कुरा मात्र हो । बार्गेनीङ्ग मात्र हो । खै त उहाँहरुमा त्यो जागरुकता देखिएको । त्यसैले त्यो देखाउँने दात मात्र हो ।

    प्रतिक्रिया
    थप समाचार