Online Nepal आइतबार, जेष्ठ ६ २०८१

प्रहरीले डा.केसीलाई जबर्जस्ती अस्पताल पुर्‍यायो, तर उपचार नलिने

प्रहरीले डा.केसीलाई जबर्जस्ती अस्पताल पुर्‍यायो, तर उपचार नलिने


मध्यान्तर
  • आइतबार, असोज ४ २०७७

  • काठमाडौं । जुम्लामा आमरण अनशनमा बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीलाई प्रहरीले जबर्जस्त अस्पताल पुर्‍याएको छ । राति करिव ११ बजेतिर प्रहरीले डा. केसीलाई जुम्लाको रानीचौरस्थित मन्दिरबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको हो । डा. केसीको स्वास्थ्य अवस्था कमजोर भएको भन्दै चिकित्सकहरुले अस्पताल लैजान सुझाएका थिए । तर डा. केसीले अस्पताल जान मानेका थिएनन् ।

    आफूलाई अपहरणको शैलीमा अस्पताल लगिएको भन्दै डा. केसीले कुनै पनि उपचार नलिने बताएका छन् । उनले भनेका छन्, ‘माग पूरा गर्नुको साटो मलाई अपहरण गरेर ल्याउने ? म कुनै पनि उपचार, मोनिटरिङ लिनेवाला छैन ।’

    नोवेल कोरोना भाइरसको पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने, निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चिता हुनुपर्ने लगायतका माग राखेर २९ भदौदेखि डा. केसी जुम्लामा अनशनरत छन् । साथै डा. केसीले विगतमा सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन गर्नुपर्ने मागसमेत राखेका छन् ।

    प्रतिक्रिया
    थप समाचार