Online Nepal शुक्रबार, बैशाख ७ २०८१

चोलेन्द्र शम्सेर जवरा सर्वोच्च अदालतमा फर्कनुपर्ने प्राकृतिक न्यायको सिद्धान्त हो

चोलेन्द्र शम्सेर जवरा सर्वोच्च अदालतमा फर्कनुपर्ने प्राकृतिक न्यायको सिद्धान्त हो


मध्यान्तर
  • बिहिबार, भाद्र २३ २०७९

  • –दीर्घराज प्रसाई

    प्रधान न्यायधीस चोलेन्द्र शम्सेर जवरा माथि लगाइएका सबै आरोप तथा षडयन्त्रहरु संसदमा सांसदशरुले उठाएका प्रश्नहरुको बयानमा छताछुल्ल भएको छ ।

    प्रधान न्यायधीस चोलेन्द्र शम्सेरले स्पष्ट रुपमा उल्लेख गरेर सबै षढयन्त्रहरु संसदमा पर्दाफास गर्नु भएकाले अव उहाँ प्रधान न्यायधीसकै रुपमा सर्वोच्च अदालतमा रहने सुनिश्चित जस्तै भएको छ ।

    चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालतका प्रधानन्यायधीशको रुपमा विक्रम सम्वत् २०७५ मङ्सिर २७ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सर्वोच्चका वरिष्ठ न्यायाधीश चोलेन्द्रशमशेर राणाको नाम सिफारिस गरेको थियो। संवैधानिक परिषद्को बैठकले सर्वसम्मत रूपमा जबराको नाम सिफारिस गरेको थियो।

    प्रधान न्यायधीस् नियुक्त भएको ४ बर्षपछि २०७९ सालमा प्रधान न्यायधीस चोलेन्द्रशमशेर जवरालाई अनेकौं षडयन्त्र तथा प्रपञ्चबाट संसदबाट महाअभियोग लगाइएको थियो । उनलाई महाअभियोग प्रस्ताव प्रसतुत गर्नुपर्ने खास काराण केही थिएन । सत्तासीन गठबन्दनको स्वार्थ तथा विदेशीहरुको पकडमा सर्वोच्च अदालतलाई निरर्थक बनाएर नेपालको न्यापपालीकाको चीरहरण गर्ने एन्जीओहरु प्रवेश गराउन, बार एसोसियसनका अतिपय स्वार्थी अधिवक्ताहरु तथा सवोच्चकै बहालवाला न्यायधीस तथा पूर्व न्यायधस कल्याण श्रेष्ठहरु समेतले आ-आफ्रनो स्वार्थको लागि प्रधान न्यायधीस चोलेन्द्र शम्सेरलाई महाअभियोग लगाइएको थियो ।
    अहिले स्रसदमा महाअभियोग प्रस्ताव बारेमा प्रधान न्यायधीस चोलेन्द्रलाई बयानको लागि बालाइएको छ । सांसदहरुबाट पटक पटकका अनेकौं प्रश्नहरु गरेता पनि चोलेन्द्र शम्सेरले स्पष्ट रुपमा कसरी उनलाई महाअभियोग लगाइयो भन्ने कुरा स्पष्ट रुपमा व्यक्त गरेर सबै षडयन्त्रहरुको पर्दाफास गरि दिए । उनले प्रतिउत्तरमा जति सांसदहरुले प्रश्न गरे ती सबै नाजवाफ भएको कुरा प्रधान न्यायधीस चोलेन्द्रले व्यक्त गरेको कुराहरुबाट के कस्ता षढयन्त्र भएका थिए, ती सबै भण्डाफोर गरिदिएका कुराले उहाँ यो महाअभियोग काण्डमा कसरी फसाउन खोजिएको रहेछ भन्ने स्पष्ट हुन्छ । उहाँले व्यक्त गरेरका कुराहरु यूटइुब लागयत अनेकौं भीडियोहरुमा समेत हेर्न सकिन्छ।

    अव यो कथित महाअभियोग प्रस्ता आफै समाप्त भएको छ । त्यसमा पनि अव २०७९ साल असोज ३ गते संसदको अवधी समाप्त हुन्छ । त्योबेला प्रधान न्यायधीसकै रुपमा चोलेन्द्र शम्सेर जवरा सवोच्च् अदालतमा फर्कनुपर्ने प्राकृतिक न्यायको सिद्धान्त हो । चोलेन्द शम्सेर प्रधान न्यायधीसको रुपमा पुनः सर्वाेच्च अदालतमा रहेपछि अवका दिनमा अन्यायपूर्वक षडयन्त्र गरेर फसाउनेहरुको लागि यो एक ऐतिहासिक घटना हुनेछ ।

    सर्वाेच्चअदालतमा सम्माननीय प्रधान न्यायधीस चोलेन्द शम्सेर विराजमान भएपछि उहाँबाट त्योबेला गरिने निर्णयहरु नेपाल र नेपाली जनताको प्रतिष्ठाको लागि गर्नु हुनेछ भन्ने हामीलाई विश्वास छ । अव सम्माननीय प्रधान न्यायधीस लोलेन्द् शम्सेरले नेपाल डुबाउन खोज्ने जो जति छन्, ती सबैलाई कारवाही गर्ने मापदण्ड तयार गरेर भ्रष्ट न्यायधीसहरु समेतलाई कारवाहीको दायरामा ल्याएर सत्तासीन भ्रष्टहरु लगायत विदेशी दलालहका बाँकी रहेका तामेलीमा राखिएका मुद्धाहरुको अध्ययन गरेर निर्णयक भूमिका अधय गर्नु हुनेछ ।

    अतः अव प्रधान न्यायधीसज्यूले कसैको मुख नहेरी अखण्ड सार्वभौम नेपाल बचाउन, यूरोपका इसाई राष्ट्र्रहरुको दबाबमा घोषित २०७२ सालको कालो संविधान खारेज गरेर, २०४७ सालको संविधानलाई आधार बनाएर नेपालको अस्तित्व बचाउन समर्पित हुनुहुनेछ भन्ने हामीलाई विश्वास छ ।
    -दीर्घराज प्रसाई

    प्रतिक्रिया
    थप समाचार