Online Nepal शनिबार, बैशाख ८ २०८१

भात खाने कांग्रेस नागरीक आयोग र आगामी निर्वाचन

भात खाने कांग्रेस नागरीक आयोग र आगामी निर्वाचन


नारायण आचार्य
  • बुधबार, असोज २६ २०७९

  • काठमाडौं । सबै तह र तप्काका व्यक्ती लाई जिवनोपयोगी तथा वेदले उल्लेख गरेको चार उदेस्य ( धर्म अर्थ काम मोक्ष ) प्राप्त गर्ने सहज ग्रन्थ वालमीकीय रामायणको युद्धकाण्ड अन्तरगतको एक प्रसंगमा तत्कालीन समयको खलपात्र रावण द्वारा नजरबन्दमा रहेकी सिता लाई आत्मा सर्मपण गराउन तथा हुदै नभएको घटनालाई प्रमाणीत गराउन माया रचित रामको मुकुण्डो अर्थात कृत्रीम टाउको सिताको अगाडी ल्याएर प्रदर्शन गर्दै रावण अगाडी भन्छ । ल मेरा सेना र तीम्रो पती राम वीच भएको युद्धमा राम हताहत भएको भन्दै उक्त कृत्रीम टाउको सिताको अगाडी प्रदर्शन गर्छ यसलाई युद्धकाण्डमा . —– एव तव हतो भर्ता ससैन्यो मम सेनाम भनी व्याख्या गरिएकोछ । वाल्मीकी रामायणको यो प्रसंगको तात्वीक अर्थ भने झुठको राजनीतीको समुल नस्ट हुन नसकेको यथार्थपरक घटनाकै दृष्टान्त देखिन्छ । यती वेला नेपाल निर्वाचनमय बनेको छ गत स्थानीय निर्वाचनको केही महीनामै आगामी मंसीर ४ गते प्रतिनीधी सभा र प्रदेस सभाको निर्वाचन हुदै छ निर्वाचन लाई प्रजातन्त्रको अभीन्न अंग पनी मानिन्छ २०४६ को परिवर्तन पश्चात २०४८ मा भएको निर्वाचनमा नेपालको राजनीतिक परिवर्तनको वाहक नेपाली कांग्रेसले आगामी दिनमा पंचायतको भन्दा घेरे गुणा बढी उद्योग धन्दाहरु स्थापना गर्ने ‘ संरचनागत विकासमा फडको मार्ने आदी महत्वाकांक्षी नारा भजाएर उक्त निर्वाचन मार्फत जनमत लियो तर सरकारमा गए पश्चात माथी उल्लेखीत वाल्मीकी रामायणकै प्रसंगको रावण द्वारा प्रदर्शित मायारचीत कृत्रीम टाउको अर्थात झुठको राजनीतीमै पुनरागमन हुन पुग्‍यो यतीमात्र होइन तत्कालीन समयमा धर्म सस्कृतीको पहरेदार मानिएको कांग्रेस आज भने माओवादीको संसद प्रवेश पश्चात सवल राज्यको आधार स्तम्भ हरु हिन्दु अधिराज्य तथा कुनै पनी कालखण्डमा राष्टलाई हानी हुने गरी कुनै विदेशी शक्ती संग सौदावाजी नगरेको राजसंस्थाको सरक्षण गर्न सकेन यो नै कांग्रेसको गम्भीर ऐतीहासीक भुल बनेको छ जसले गर्दा नेपाल आज विदेशीको क्रिडास्थल वन्ने संभावना वन्दै गएको देखिन्छ । देशलाई सार्वभौम अक्षुण्ण राख्नको लागी आगामी निर्वाचन पश्चात अव काग्रेसले गठवन्धन सत्ता स्वार्थमा समय वर्वाद गर्ने होइन वरु जनतालाई मन नपरेको यस्तो प्रणालीको कोर्ष करेक्सन गर्न ढीलाई गर्न नहुने घटनाक्रमले नै देखाउछ । राजनीतिकदल एउटा साझा संस्था मानिन्छ असल व्यक्तीको हातमा राजनीतीक दल परिचालीत हुदा ‘देस समुन्नत वन्दछ तर माथी उल्लेखीत वाल्मीकी रामायणकै प्रसंगले दृष्टान्त दिएको झुठको राजनीती गर्ने हरु वाट देस र जनताले के आशा गर्ने ? काग्रेसमा आजपनी बहुरूपी अवसरवादी छदमभेषी हिजो आफ्नै नेता तथा कार्यकर्ता लाई २०४६ को आन्दोलनमा प्रहरी दमन गराउन प्रतीकार समीतीमा वस्ने कुनै वेला आर्थिक रूपले सम्पन्न गुरुको समाजमा बोलवाला हुदा श्रद्धा भावले होइन केवल व्यक्तीगत स्वार्थको लागी उपयोगिताको सिद्धान्त अनुसार गुरु संग दसैमा टीका लगाउने कांग्रेसकै आवरणमा भात खाने सापटी लिने फिर्ता गर्न विर्सने स्यालहरूले रजाई गरेको समयमा स्याल संग मीत लगाउने सुंगुर बोलवाला हुदा सुँगुरकै खोरमा वस्ने प्रवृती तथा सत्ता र शक्तीकेन्द्रको दुरुपयोग गरी मापदण्ड विपरीत जनताको स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने क्रसर उद्योगका माफिया तथा सम्पदाको दोहन गर्ने काग्रेसको आवरणका धुर्त छट्टु स्यालहरु लाई कारवाहीको दायरामा ल्याउन आगामी निर्वाचन अगावै स्वतन्त्र नागरीक आयोग गठन गर्न कांग्रेस सरकार सक्षम हुन्छ ?

    राजनीतीक विश्लेषक तथा पुर्वीय चिन्तक आचार्य ” अवको गन्तव्य ” उपन्यासका लेखक हुनुहुन्छ ।

    प्रतिक्रिया
    थप समाचार