Online Nepal शुक्रबार, बैशाख ७ २०८१

राजसंस्था पुन:स्थापनामा भारत सकारात्मक

राजसंस्था पुन:स्थापनामा भारत सकारात्मक


मध्यान्तर
  • सोमबार, फाल्गुन २२ २०७९

  • नारायण आचार्य
    भागवतको चौथो स्कन्धमा राजा विहीन राज्यमा भएको अनैतीक क्रियाकलाप ‘ गैर न्यायीक गतिविधी वाट जनतामा छाएको नैराश्यता ‘ तथा धर्म सस्कृतीको क्षयीकरण भएको दृष्टान्त देखाइएको छ प्रंसगानु सार प्रकारान्तरले वेन नाम गरेको राजाको पतन पश्चात उक्त राज्यमा शान्ती कायम हुन सकेन जनता हरुमा नैराश्यता छायो नैतिकवान नागरीकहरु आस्था का आधारमा वन्दी हुन पुगे राष्ट्रियता कमजोर हुन पुग्यो यस्तो विषम परिस्थीतीमा राज्यलाई असफल हुन वाट जोगाउन पृथु महाराज लाई राज्यभिषेक गरी राजसंस्थाको पुनस्थापना गरीएको दृष्टान्त देखाइएको छ ।
    धर्म सस्कृतीको रक्षा गर्ने अभिभावकीय भुमीकामा रहने राजसंस्था को पुनस्थापना पश्चात जनतामा खुशीयली छाएको घटना क्रमलाई भागवतमा ” .. — – एवं वै लोकपालनम …. तनु ॥ भनी व्याख्या गरीएको छ ।
    नेपाल अहिले तरल राजनीतीक अवस्थामा गुज्रीरहेको छ नैतिकवान राजनीतिज्ञ केशर वहादुर वीस्ट तथा नागरीक अभियन्ता दुर्गा प्रसाई को नेतृत्वमा राजसंस्था पुनस्थापाना को शंखनाद भैसकेको छ ।
    गणतन्त्र स्थापना पश्चात नेपाली को भावना कदर भइदिए को भए ? जनताको जीवन शैलीमा सकारात्मक परिवर्तन आइ दीएको भए ? राष्ट्रिय ता तथा सार्वभौमिकता मजवुत भइदिएको भए ? विगतमा राजाले स्थापना गरीदिएका उद्योगहरुको संरक्षण गरीदीएको भए ? निर्यातमुखी व्यापारमा वृद्धी भइदिएको भए ? जनता संग प्रत्यक्ष सरोकार नभएको प्रदेश संरचना खारेज भइदिएको भए ? यती चाडै गणतन्त्र को विकल्प खोजीने भीएन त्यसैले त आज यो प्रणाली को विकल्प को रूपमा जनताले राजसंस्था लाई नै महत्व को रूपमा हेरेका छन ।
    विस्ट तथा प्रसाई को नेत्रृत्त्वमा झापा वाट शुरू भएको आन्दोलनमा काठमाण्डौ आइ पुग्दा हजारौ को सख्यामा लामवद्ध हुनु , राजाका फागुन सात गते प्रजातन्त्र दिवसको उपलक्ष्यमा निस्केको वक्तव्यमा राष्ट्रिय एकता आपसी मेलमिलाप तथा सवै लाई समेटन मिलन विन्दुमा पुग्नु पर्ने आसय प्रकट हुनुले राजा अव फ्रन्ट लाइनमा वस्ने प्रस्ट संकेत देखीन्छ । पौराणीक घटना मात्रै होइन इतिहास हेर्ने हो भने पनी केही समय अवरुद्ध भएको राजसस्था पुनस्थापीत भएको पनी छ स्पेन ‘ वेलायत ‘ थाइल्यान्ड ‘ तथा कम्बोडीयामा राजसस्था पुनस्थापीत भएको छ ।
    नेपालको सन्दर्भमा दुई शक्ती राष्ट्रहरु चीन तथा भारत राजसस्या प्रती नकारात्मक छैनन विगतमा भारतीय पक्ष ( सोनीया सस्थापन ) ले १२ वुदे को खेल खेलाएता पनी नेपाल मा हिन्दु धर्म र राज सस्या डिस्ट्रोय गर्ने उदेस्य भने भीएन त्यसैले ढीलै भए पनी मोदी सस्थापन ले भारतमा भएको कुम्भ मेलामा राजा ज्ञानेन्द लाई हिन्दु सम्राटका रूपमा राजकीय सम्मान दिनु हालै शंकराचार्य निश्चलानन्द सरस्वती वाट नेपालमा हिन्दु सम्राट कायम नै रहेको वीचार उजागर गर्नुले अव भारतीय सस्थापन कोर्ष करेक्सन गर्ने पक्षमा देखीन्छ । यीनै विवीध घटनाकम्रले गर्दा जसरी माथी उल्लेखीत भागवतका पात्र पृथु महाएज राजसस्था को प्रतीनीधी को रूपमा स्थापीत भएका भीए नेपाल मा पनी राजसंस्था पुनस्थापीत हुने घटना क्रमले नै देखाउछ ।

    राजनीतीक विश्लेषक आचार्य “सन्देश संग्रहको सन्देश ” नामक पुस्तक का लेखक हुनुहुन्छ l

    प्रतिक्रिया
    थप समाचार