Online Nepal मंगलबार, बैशाख १८ २०८१

गण्डकी प्रदेशसभा बैठक आह्वान गरिएकोप्रति कांग्रेसको आपत्ति

गण्डकी प्रदेशसभा बैठक आह्वान गरिएकोप्रति कांग्रेसको आपत्ति


मध्यान्तर
  • बुधबार, बैशाख ५ २०८१

  • काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तिको मुद्दा विचाराधीन रहेको अवस्थामा प्रदेशसभा बैठक आह्वान गरिएकोप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । बुधबार गण्डकी कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले एक विज्ञप्तिमार्फत प्रदेश प्रमुखको कदम गैरजिम्मेवार रहेको बताएका छन् ।

    गण्डकी प्रदेशमा सभाभुख समेतको संलग्नतामा गत चैत २५ गते खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । उक्त कदमलाई असंवैधानिक भन्दै कांग्रेस २७ गते सर्वोच्च अदालत गएको थियो ।

    सर्वोच्चले चैत २८ गते हालको सरकारलाई मुद्दाको टुंगो नलाग्दासम्म प्रदेश सरकारका नियमित कार्य सञ्चालनबाहेक कुनै पनि दीर्घकालीन असर पर्ने प्रकृतिका निर्णय नगर्न भनेर अन्तरिम आदेश जारी गरेको छ ।

    उक्त मुद्दालाई अग्राधिकार दिएर सर्वोच्चले वैशाख १० गतेका लागि पेसी तोकेको छ ।

    कांग्रेसले अदालतबाट भएको अन्तरिम आदेश, संविधान र विद्यमान कानुनको बेवास्ता गरेर गरिएका असंवैधानिक क्रियाकलापुप्रति असहमति रहेको जनाएको छ । उसले यसबाट प्रदेशसभामा द्वन्द्वको वातावरण सिर्जना हुने र यसको जिम्मेवार सम्बन्धित पक्ष हुने  चेतावनी समेत दिएको छ ।

     

     

    प्रतिक्रिया
    थप समाचार