Online Nepal बुधबार, बैशाख १९ २०८१

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन


मध्यान्तर
  • बिहिबार, बैशाख ६ २०८१

  • काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन हो।

    प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२)अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समय आज साँझ ५ बजे सकिँदैछ। सुदूरपश्चिमको मुख्यमन्त्रीमा गठवन्धनका तर्फबाट एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले दाबी पेश गर्ने तयारी गरेका छन्।

    तर प्रमुख पार्टी नेकपा एमाले भने अझै निर्णयमा पुग्न सकेको छैन।  एकीकृत समाजवादीबाट मुख्यमन्त्रीमा सोडारीलाई नमान्ने एमालेले जनाउ दिएको छ ।

    सुदूरपश्चिममा एकीकृत समाजवादीका चार सांसद छन्। एमालेले सोडारीको सट्टामा यसअघि आर्थिक मामिला मन्त्री बनेका नरेश शाही, प्रकाश रावल, माया पन्तमध्ये जसलाई बनाए पनि समर्थन गर्ने बताएको छ।

    २०७७ सालमा सुदूरपश्चिमको सामाजिक विकास मन्त्री रहेका बेला सोडारी कारबाहीमा परेका थिए।

    एकजना महिलासँगको त्यो अश्लील संवाद सुनेपछि अध्यक्ष केपी शर्मा ओलीले उनलाई मन्त्रीबाट हटाई पार्टीबाटसमेत कारबाही गरेका थिए।

     

    प्रतिक्रिया
    थप समाचार