Online Nepal शुक्रबार, बैशाख २१ २०८१

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि 

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि 


मध्यान्तर
  • शनिबार, बैशाख ८ २०८१

  • काठमाडौं । सत्तारूढ नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि  हुँदै छ ।

    दुईदिने उक्त बैठकमा केन्द्रीय कमिटी, केन्द्रीय निकायका सदस्य, आयोजक र परिषद् सदस्य गरी दुई हजार ४५४ जना सहभागी हुनेछन् । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा हुने उक्त परिषद् बैठकमा उनले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ ।

    बैठकमा वर्ष २०८१ लाई पार्टी शुद्धीकरण तथा सुदृढीकरण वर्षका रूपमा अभियान सञ्चालन गर्ने विस्तृत कार्ययोजना प्रस्तुत गरिनेछ । प्रस्तुत प्रतिवेदन र कार्ययोजनामाथि बैठकमा सहभागीले सुझाव दिनेछन् ।

    परिषद् बैठकपछि वैशाख १० गते पार्टी स्थापनाको ७५औं वार्षिकोत्सवका अवसरमा नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान गरेका व्यक्तिलाई ‘गणतन्त्र गौरव’बाट सम्मान गर्ने कार्यक्रम छ ।

    प्रतिक्रिया
    थप समाचार