Online Nepal शुक्रबार, बैशाख २१ २०८१

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक शुरु


मध्यान्तर
  • शनिबार, बैशाख ८ २०८१

  • फाइल तस्बिर

    काठमाडौं । नेकपा (एमाले)को महाधिवेशन प्रतिनिधि परिषद बैठक शुरु भएको छ ।

    शनिवार ललितपुरको गोदावरीस्थित सनराईज हलमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सो परिषद् बैठकको औपचारिक रुपमा शुभारम्भ गरेका हुन् ।

    बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको आशा र भरोसालाई आफ्नो पार्टीले सम्बोधन गरी छोड्ने दृढता व्यक्त गरेका हुन् । अध्यक्ष ओलीले पार्टीको तर्फबाट राजनीतिक प्रतिवेदन पेश गरेका हुन् ।

    यसपछि महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन पेश गर्नेछन् । बैठकमा केन्द्रिय सदस्यसहित २ हजार ४५४ जना प्रतिनिधिहरु सहभागी भएको एमालेले जनाएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार