Online Nepal शुक्रबार, बैशाख २१ २०८१

वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा

वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा


मध्यान्तर
  • शनिबार, बैशाख ८ २०८१

  • काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किसक्ने दाबी गरेका छन् ।

    शनिवार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कट्न नसक्ने जिकिर गरे ।

    ‘म कसम खाएर भन्दिनँ, तर म दाबी गरेर इलामेली जनताकोअघि भन्नसक्छु, २०८१ सालको वैशाख ८ गते हो आज’ उनले भने, ‘अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कटाएछ भने तपाईहरुको बीचमा फेरि जवाफ दिन आउनेछु ।’

    उनले चुनावको अगाडि गठबन्धन जनतालाई धोका भएको बताए । चुनावको अघिको गठबन्धन बेइमानी, मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन भएको बताए ।

    उनले चुनावअघि गर्ने गठबन्धनलाई अब बिदाई गर्ने बेला आएको बताए । उनले चुनाव अघिको गबठन्धनले देशको राजनीतिलाई विकृत बनाएको बताए ।

    ‘चुनावको अगाडि गठबन्धन जनतालाई धोका हो । चुनावको अघिको गठबन्धन बेइमानी हो । चुनाव अघिको गठबन्धन मतदाताको स्वतन्त्रताको अपहरण हो । चुनाव अघिको गठबन्धन मतदाताको अवमूल्यन हो’उनले भने, ‘त्यसैले चुनावअघि गर्ने गठबन्धनलाई अब हामीले हाई हाई होइन बाई बाई गर्ने बेला आएको छ । चुनाव अघिको गबठन्धनले हाम्रो राजनीतिलाई विकृत बनाएको छ ।’

    महामन्त्री थापाले गठबन्धनको राजनीतिले नेपालको राजनीतिलाई फोहोर बनाएको बताए ।

    इलामबाट नेपालमा चुनावअघिको गठबन्धनको राजनीति भल्दैन भन्ने सन्देश दिन जरुरी रहेको बताए ।

    ‘आज इलामले सिंगो देशलाई गुन लगाउने बेला आएको छ । एउटा अवसर आएको छ’ उनले भने,‘यो ठाउँबाट नेपालमा गठबन्धनको राजनीति चल्दैन, बिक्दैन भनेर नेता र पार्टीलाई सन्देश दिने बेला आएको छ ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार