Online Nepal शुक्रबार, बैशाख २१ २०८१

एमालेले आज नेकपाको हीरक महोत्सव मनाउँदै

एमालेले आज नेकपाको हीरक महोत्सव मनाउँदै


मध्यान्तर
  • सोमबार, बैशाख १० २०८१

  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा सत्तारुढ नेकपा एमालेले आज हीरक महोत्सव  गर्दैछ।

    ललितपुरस्थित गोदावरीको सनराइज हलमा हुने महोत्सवमा एमालेले प्रधानमन्त्रीदेखि विभन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरेको छ।

    हीरक महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायतलाई निम्तो दिइएको छ।

     

    प्रतिक्रिया
    थप समाचार