Online Nepal शुक्रबार, बैशाख २१ २०८१

गठबन्धनमा हामीले सहज मानेका छैनौँ : माधव नेपाल

गठबन्धनमा हामीले सहज मानेका छैनौँ : माधव नेपाल


मध्यान्तर
  • सोमबार, बैशाख १० २०८१

  • काठमाडौं । सत्ता घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष  माधवकुमार नेपालले अहिलेको गठबन्धन सहज ढंगले अघि नबढेको बताएका छन् । सोमबार बिहान ललितपुरको च्यासलमा  नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले काठमाडौंमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

    उनले कार्यक्रममा छोटो समयभित्र गठवन्धन ओल्टेकोल्टे गरेको छ कति दिनसम्म टिक्छ भन्ने प्रश्न उठेको उठ्यै छ भन्दै गठबन्धनमा आफूहरुले सहज नमानीरहेको बताएका थिए ।

    “गठबन्धनमा हामीले सहज मानेका छैनौँ । त्यसो गर्दा सधैं टिक्यो भने ठिकै हुन्छ, कतिन्जेल टिक्छ भन्न सकिँदैन,” उनले भने, “हामी कसैका गाली गलौज सुन्न राजनीतिमा आएका होइनौँ । कसैका दास बन्दैनौँ ।”

     

     

    प्रतिक्रिया
    थप समाचार