Online Nepal शुक्रबार, बैशाख २१ २०८१

कतारका राजालाई राष्ट्रपतिले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने

कतारका राजालाई राष्ट्रपतिले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने


मध्यान्तर
  • सोमबार, बैशाख १० २०८१

  • काठमाडौँ । कतारका राजा शेख तामिम विन हमद अल थानी मंगलबार नेपाल आउने भएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    कतारका राजा थानी मंगलबार साँझ ५ः३५ मा काठमाडौँ ओर्लने छन् । उनलाई विमानस्थलमै पुगेर राष्ट्रपति पौडेलले स्वागत गर्ने तय भएको जनाइएको छ ।

    प्रतिक्रिया
    थप समाचार