Online Nepal शुक्रबार, बैशाख २१ २०८१

आज १८ औं लोकतन्त्र दिवस मनाइँदै

आज १८ औं लोकतन्त्र दिवस मनाइँदै


मध्यान्तर
  • मंगलबार, बैशाख ११ २०८१

  • काठमाडौं । आज बैशाख ११ गते लोकतन्त्र दिवस । विभिन्न कार्यक्रम गरि १८ औं लोकतन्त्र दिवस मनाइँदै छ । दोस्रो जनआन्दोलनको बलमा नेपालमा लोकतन्त्र स्थापना भएको १८ वर्ष पुगेको छ ।

    बि.स २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आफ्नो कब्जामा लिएको संसदलाई जनआन्दोलनका बलमा पुनःस्थापित गरेका थिए । सोही दिनको सम्झना हरेक वर्ष वैशाख ११ मा लोकतन्त्र दिवस मनाउने गरिएको छ ।

    तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा संसद विघटन गरी शासनसत्ता आफ्नो हातमा लिएका थिए । त्यसविरुद्ध तत्कालीन अवस्था सशस्त्र विद्रोह गरिरहेको नेकपा माओवादी र सडक संघर्ष गरिरहेको सात दलले संयुक्तरुपमा गरेको जनआन्दोलनका कारण राजा संसद पुनःस्थापना गर्न बाध्य भएका थिए ।

    त्यसपछि नेपालमा गणतन्त्र स्थापना भयो, संविधानसभाबाट संविधान जारी जारी भयो, मुलुक संघीयतामा गयो ।

     

     

    प्रतिक्रिया
    थप समाचार