Online Nepal शुक्रबार, बैशाख २१ २०८१

राष्ट्रपति पौडेल र कतारका अमिरबिच शीतलनीवासमा भेटवार्ता

राष्ट्रपति पौडेल र कतारका अमिरबिच शीतलनीवासमा भेटवार्ता


मध्यान्तर
  • मंगलबार, बैशाख ११ २०८१

  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा ) शेख तमिम बिन हमाद अल थानी बिच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता शुरु भएको छ । सो भेटमा आपसी हित र चासोबारे छलफल हुने जनाइएको छ ।

    कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपति भवन शीतल निवास आइपुग्दा उनलाई राष्ट्रपति पौडेलले स्वागत गरेका थिए ।

    भेटवार्तामा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उर्जा तथा जलस्रोत मन्त्री शक्ति बस्नेत, परराष्ट्र सचिव सेवा लम्साल, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, प्रमुख स्वकीय सचिवसहित राष्ट्रपतिका विज्ञ एवम् सल्लाहकार सहभागी छन्। साथै सो भेटघाटमा कतारको उच्च प्रतिनिधिमण्डलकोसमेत सहभागिता छ ।

     

    प्रतिक्रिया
    थप समाचार