Online Nepal सोमबार, बैशाख ३१ २०८१

वेस्टइन्डिज ‘ए’ ले दियो नेपाललाई १६१ रनको लक्ष्य

वेस्टइन्डिज ‘ए’ ले दियो नेपाललाई १६१ रनको लक्ष्य


मध्यान्तर
  • आइतबार, बैशाख १६ २०८१

  • काठमाडौँ । दोस्रो टी-२० खेलमा वेस्टइन्डिज ए ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्टइन्डिज ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६० रन जोड्यो ।

    वेष्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाए । कप्तान रोस्टन चेज २३, केसी काटी १०, जोनसन चाल्र्स ११ र एलिक अथान्ज ६ रनमा आउट भएका थिए ।

    गुडाकेश मोती ८ बलमा ३१ र म्याथ्यु फर्ड ६ बलमा ११ रनमा अविजित रहे । वेष्ट इन्डिज ‘ए’ ले पछिल्लो दुई ओभरमा ४१ रन जोड्यो ।

    बलिङमा नेपालका स्पीनर कुशल भुर्तेल र सागर ढकालले २(२ विकेट लिए । सोमपाल कामीले एक विकेट लिए ।

    नेपाल र वेस्टइन्डिजबीच ५ वटा टी २० खेल हुनेछ । यसअघि शनिबार भएको पहिलो खेलमा नेपालले ४ विकेटको जित निकालेको थियो ।

    प्रतिक्रिया
    थप समाचार