Online Nepal सोमबार, बैशाख ३१ २०८१

बझाङ उपनिर्वाचन: ४ वडाको मत गनी सक्दा एमालेको अग्रता दोब्बर

बझाङ उपनिर्वाचन: ४ वडाको मत गनी सक्दा एमालेको अग्रता दोब्बर


मध्यान्तर
  • आइतबार, बैशाख १६ २०८१

  • काठमाडौँ । बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ को (१) मा एमालेका उम्मेदवार दमन भण्डारीले अग्रता कायम राखेका छन् ।

    छविसपाथिभेरा गाउँपालिकाको १, २, ३ र ४ वडामा मतगणना गर्दा एमालेका दमन भण्डारीले दोब्बर मतान्तरले अग्रता लिएका हुन् ।

    उनले १३०३ मत ल्याउँदा कांग्रेसका अभिषेकबहादुर सिंहले ६५६ मत पाएका छन् ।

    माओवादीका जनक बुढाले ४०१ मत पाउँदा नेकपा एकीकृत समाजवादीका दिल बहादुर सिंहले भने ३६९ मत पाएका छन् ।

    बझाङमा भएको उपनिर्वाचनमा ३० हजार ३ सय २८ जनाले मतदान गरेका थिए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार