Online Nepal बुधबार, जेष्ठ २ २०८१

सुहाङ नेम्वाङले कटाए १० हजार मत 

सुहाङ नेम्वाङले कटाए १० हजार मत 


मध्यान्तर
  • सोमबार, बैशाख १७ २०८१

  • काठमाडौं । उपनिर्वाचन अन्तर्गत इलाम क्षेत्र नम्बर २ को जारी मतगणनामा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले १० हजार मत कटाएका छन् ।

    भर्खरै सार्वजनिक भएको पछिल्लो मत परिणाम अनुसार एमाले उम्मेदवार  नेम्वाङले १० हजार ३  मत ल्याएर पहिलो स्थानमा अग्रता कायम राखेका छन्।
    उनलाई नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले पछ्याइरहेका छन्। खड्काले अहिलेसम्म ६ हजार ९४४ मत प्राप्त गरेका छन्।

    एमाले उम्मेदबार नेम्वाङले कांग्रेसका खड्कासँगको मतान्तर झन् बढाउँदै लगेका छन्।

    पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिम तेस्रो स्थानमा छन्। उनले अहिलेसम्म चार हजार ५ सय ९१ मत ल्याएका छन्।

    त्यस्तै, रास्वपाका मिलन लिम्बू चौथो स्थानमा छन्। उनले १ हजार ४०५ मत ल्याएका छन्।

    इलाम २ मा अझै दुई तिहाई मत गन्न बाँकी रहेको छ । शनिबार भएको उपनिर्वाचनमा ६९ हजार २ सय मत खसेको छ।

    प्रतिक्रिया
    थप समाचार