Online Nepal बुधबार, जेष्ठ २ २०८१

बझाङमा एमाले-कांग्रेसबीच कडा टक्कर

बझाङमा एमाले-कांग्रेसबीच कडा टक्कर


मध्यान्तर
  • सोमबार, बैशाख १७ २०८१

  • काठमाडौं । बझाङ प्रदेशसभा १ मा शनिबार भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ । बझाङमा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

    पछिल्लो मत परिणाम अनुसार एमालेका उम्मेदवार दमन भण्डारीले १० हजार ३६३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका अभिषेक सिंहले १० हजार ३५४ मत प्राप्त गरेका छन् । यी दुई उम्मेदवारबीच ९ मतको अन्तर रहेको छ । यस्तै, माओवादीका उम्मेदवार जनक बुढा ३ हजार ६८१ मतसहित तेस्रो स्थानमा छन्।

    बझाङमा अब तालकोटका दुईवटा र साइपाल गाउँपालिकाका पाँच गरी सातवटा वडाको गणना हुन बाँकी छ ।

     

    प्रतिक्रिया
    थप समाचार