Online Nepal बुधबार, जेष्ठ २ २०८१

बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी

बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी


मध्यान्तर
  • सोमबार, बैशाख १७ २०८१

  • काठमाडौं । बझाङको प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् ।

    उनले नेपाली काँग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंकलाई २६६ मतले पराजित गर्दै विजयी भएका हुन् ।

    भण्डारीले ११ हजार ६१२ मत पाएका छन् भने काँग्रेसका सिंहले ११ हजार ३४६ मत पाएका हुन् । तेस्रो भएका माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ९६७ मत पाए ।

    यसको औपचारिक घोषणा हुन भने बाँकी छ ।

    प्रतिक्रिया
    थप समाचार