Online Nepal बुधबार, जेष्ठ २ २०८१

भोजपुर बोलेरो दुर्घटना : दुई जनाको मृत्यु

भोजपुर बोलेरो दुर्घटना : दुई जनाको मृत्यु


मध्यान्तर
  • सोमबार, बैशाख १७ २०८१

  • काठमडौँ । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

    आज बिहान १ ज २६१७ नम्बरको बोलेरो दूधकोसी नदी किनारमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र अर्का एकको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए ।

    प्रहरी निरीक्षक राईका अनुसार आमचोक गाउँपालिका–१० निवासी २७ वर्षीया रुना राईको घटनास्थलमा र शान्ति राईको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

    बलेरोमा चौध यात्रु रहेका थिए भने गम्भीर घाइतेलाई थप उपचारका लागि धरान पठाइएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

     

    प्रतिक्रिया
    थप समाचार