Online Nepal बुधबार, जेष्ठ २ २०८१

बझाङमा नेकपा एससहित ८ जनाको धरौटी जफत

बझाङमा नेकपा एससहित ८ जनाको धरौटी जफत


मध्यान्तर
  • सोमबार, बैशाख १७ २०८१

  • काठमाडौं । बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा नेकपा एससहित ८ जनाको धरौटी जफत भएको छ ।

    उपनिर्वाचनमा भाग लिएका ११ राजनीतिक दलका उम्मेदवार मध्ये नेकपा एमाले निर्वाचित भएको छ । कांग्रेस र माओवादी केन्द्रबाहेक अन्य सबै दलका उम्मेदवारको धरौटी जफत भएको छ ।

    मतदान गरेका ३० हजार ३२८ जनामध्ये २९ हजार ७०४ मत सदर भएको थियो । जसमा आठ उम्मेदवारले सदर मतको १० प्रतिशत नकटाएपछि जमानत जफत भएको हो ।

    एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले दुई हजार ५१४ मत मात्र पाए । यसैगरी, राप्रपाका किशोर कुमार खड्काले २४२ मत ल्याउँदा अन्य उम्मेदवारले ५० मत पनि कटाएनन् ।

    प्रतिक्रिया
    थप समाचार