Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित


मध्यान्तर
  • मंगलबार, बैशाख १८ २०८१

  • काठमाडौं । इलाम–२ मा नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उमेदवार डम्बर खड्कालाई पराजित गर्दै नेम्वाङ प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

    नेम्वाङले  कांग्रेसका खड्कालाई पाँच हजार ८३० मतान्तरले पराजित गरेका हुन् । विजयी नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका खड्काले २१ हजार ९४२ मत प्राप्त गरे ।

    तेस्रोमा पहिचानवादी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार मिलन लिम्बुले पाँच हजार ५० मत ल्याए ।

    सुहाङलाई उपनिर्वाचनमा एमालेले माओवादी केन्द्र, नेपाल परिवार दल, नेकपा विप्लव समूह समेतका गठबन्धनका साझा उमेदवारका रूपमा इलाम–२ मा उमेदवार बनाएको थियो ।

     

     

    प्रतिक्रिया
    थप समाचार