काठमाडौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै छ। यो वर्ष ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ विश्वभर श्रमिक दिवस मनाइँदै छ।
दिवसलाई विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा लिइन्छ।
मर्यादित काम र मुनासिब ज्यालाको अधिकार स्थापनाका लागि हालसम्म भएका आन्दोलन र उपलब्धिलाई यस दिवसले स्मरण गराउँदै मजदुरका पक्षमा लाग्न प्रेरित गर्नेछ।
सन् १८८१ मे १ मा अमेरिकामा भएको आम हडतालको स्मरणमा यो दिवसको थालनी भएको हो।