Online Nepal बुधबार, जेष्ठ ९ २०८१

प्रचण्डलाई बाबुरामको चुनौती : प्रत्यक्ष कार्यकारी राष्ट्रपतिमा गएर चुनाव लडौँ

प्रचण्डलाई बाबुरामको चुनौती : प्रत्यक्ष कार्यकारी राष्ट्रपतिमा गएर चुनाव लडौँ


मध्यान्तर
  • बुधबार, बैशाख १९ २०८१

  • काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईले सुशासनविना समृद्धि प्राप्त गर्न नसकिने बताएका छन् ।

    नेपाल समाजवादी पार्टीले मजदुर दिवसका अवसरमा बुधबार काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    आफूले माओवादीमा हुँदा, नयाँ शक्ति पार्टी बनाउँदादेखि अहिलेसम्म प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति देशमा चाहिने मुद्दा उठाउँदैको आएको पनि भट्टराईले तर्क गरे ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले नेसपाकै केही नेताहरूले बाबुरामले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग राष्ट्रपति मागेको भनेर लगाएको आरोपको खण्डन गरे ।

    बाबुरामले प्रधानमन्त्री प्रचण्डलाई प्रत्यक्षकारी राष्ट्रपतिका लागि तयार हुन पनि चुनौती दिएका छन् ।

    ‘माओवादी हुँदादेखि आजसम्म कार्यकारी राष्ट्रपतिको मुद्दा उठाउँदै आएको छु । त्यस्तो मान्छेले कसैसँग एउटा पदका लागि हात थापेर हिँड्छ त रु’, उनले भने, ‘म चुनौती दिन्छु ती मान्छेलाई। हिम्मत छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जाऊँ, प्रत्यक्ष कार्यकारीमा गएर चुनाव लडौँ, तिमीहरुको तर्फबाट को मैदानमा आउँछ, बाबुराम भट्टराई चुनाव लड्न तयार छ । नेपाली जनताले त्यसबेला फैसला गर्नेछन् ।’

    प्रतिक्रिया
    थप समाचार