Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

माइतीघरमा पत्रकारहरुको लाल्टिन बालेर प्रदर्शन

माइतीघरमा पत्रकारहरुको लाल्टिन बालेर प्रदर्शन


मध्यान्तर
  • बिहिबार, बैशाख २० २०८१

  • काठमाडौं । काठमाडौंको माइतीघरमा पत्रकारहरुले लाल्टिन बालेर प्रदर्शन गरेका छन् । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित हुने गरी सर्वोच्च अदालतको आदेशबाट ध्यानाकषर्ण भएको भन्दै पत्रकारहरुले लाल्टिन बालेर प्रदर्शन गरेका हुन् ।
    आज बिहान माइतीघर मण्डलामा स्वतःस्फूर्ति भेला भएका पत्रकारहरुले  ७ः३० बजेदेखि ८ः३० बजेसम्म लालटिन बालेर पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा प्रदर्शन गरेका हुन् । ‘संविधानको पालना गर, प्रेस स्वतन्त्रता बहाली गर’, ‘प्रेस स्वतन्त्रता जिन्दावाद’, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौं’ भन्ने नारासहितका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

    आजको प्रदर्शनलाई सम्बोधन गर्दै श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीले सम्मानित अदालतबाटै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अवहेलना गरेको आरोप लगाए । प्रमाण नष्ट गरेर कसरी छानविन गर्ने रु उनले प्रश्न गरे । पत्रकार जैसीले नेपालको संविधानले ग्यारेन्टी गरेको पूर्ण प्रेस स्वतन्त्रता अहरणीय भएकोले तत्काल फिर्ता गर्न र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न माग गरे ।

    कार्यक्रममा सहभागी पत्रकार खेम थपलियाले प्रेस स्वतन्त्रताको लागि लालटिन बाल्नुपर्ने अवस्था आएकोले सबैको ध्यान जानुपर्ने बताए । कार्यक्रममा पत्रकार अमिर लामाले प्रेस स्वतन्त्रता हरण गर्ने कार्य जुनसुकै निकायबाट भएकोले अस्वीकार्य भएको बताए ।
    कार्यक्रममा पत्रकार तथा प्रेस चौतारी नेपाल, काठमाडौं जिल्ला कोषाध्यक्ष राम कार्कीले सर्वोच्चको आदेशले राणाकालको झल्को दिएको बताउँदै पत्रकारहरु सडकमा उत्रनु बाध्यता भएको बताए ।

    कार्यक्रमका संयोजक तथा पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरमका संयोजक नबराज न्यौपानेले न्यायालयको आदेशले प्रेस स्वतन्त्रता संकटमा पारेको, समाचार लेख्ने पत्रकारलाई फौजदारी अभियोग र समाचार हटाउन आदेश दिने कार्य क्षेत्राधिकार मिचेर, संविधानलाई कुल्चेर गरिएकोले संघर्षमा होमिन बाध्य भएको बताए । प्रेस स्वतन्त्रताको रक्षाको लागि जस्तोसुकै संघर्ष गर्न तयार रहेको बताउँदै जुन विधिबाट प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने काम भएको छ, सोही प्रक्रियाबाट सच्याउन माग गरेका छन् ।

     

    प्रतिक्रिया
    थप समाचार