Online Nepal शुक्रबार, जेष्ठ ४ २०८१

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता


मध्यान्तर
  • बिहिबार, बैशाख २० २०८१

  • काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

    आज सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको उनीहरुबीच भएको भेटवार्तामा उपनिर्वाचनको समीक्षा र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत वैशाख १५ मा सम्पन्न इलाम–२ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचनमा एमाले निर्वाचित भएको छ ।

    इलाम–२ मा एमाले उम्मेदवारलाई माओवादी केन्द्रले पनि समर्थन गरेको थियो । गठबन्धनमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको असन्तुष्टि र प्रदेश सरकारबारे पनि प्रधानमन्त्री प्रचण्ड र ओलीबिच छलफल भएको बुझिएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार