Online Nepal शनिबार, जेष्ठ ५ २०८१

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले आज पनि विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले आज पनि विश्वासको मत लिँदै


मध्यान्तर
  • शनिबार, बैशाख २२ २०८१

  • काठमाडौं  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज पनि विश्वासको मत लिने भएका छन् । हिजो विश्वासको मत लिनका लागि आजको लागि प्रदेश सभा बैठक आह्वान गरिएको छ ।
    हिजो साँझ ५ बजे बोलाइएको प्रदेश सभा बैठक बस्दै नबसी स्थगित भएको थियो । ८ बजेको लागि बोलाइएको कार्य व्यवस्था परामर्श समितिको बैठक पनि बस्न सकेन । नेकपा एमालेले केन्द्रमा परामर्श नगरी र आन्तरिक छलफल नगरी मुख्यमन्त्रीलाई विश्वासको मत नदिने अडान लिएपछि हिजोको बैठक स्थगित गरिएको हो ।

    आज साझ ५ः३० बजे विश्वासको मत लिने गरि प्रदेश सभा बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

    मुख्यमन्त्री सोडारीले आजको लागि बैठक सारिदिन सभामुखलाई आग्रह गरेका थिए । मुख्यमन्त्रीको आग्रह पछि विश्वासको मत लिने तयारी आजलाई सरेको हो।

    बझाङको उपनिर्वाचनबाट निर्वाचित एमाले उम्मेदवार दमन भण्डारीको शपथ नभएसम्म एमालेले विश्वासको मत नदिने बताएको छ ।

     

    प्रतिक्रिया
    थप समाचार