Online Nepal शनिबार, जेष्ठ ५ २०८१

जापानका परराष्ट्रमन्त्री कामिकावा योको आज नेपाल आउँदै

जापानका परराष्ट्रमन्त्री कामिकावा योको आज नेपाल आउँदै


मध्यान्तर
  • आइतबार, बैशाख २३ २०८१

  • काठमाडौं । जापानका परराष्ट्रमन्त्री कामिकावा योको औपचारिक भ्रमणमा आज नेपाल आउँदैछिन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा योको नेपाल भ्रमणमा आउन लागेकी हुन् ।

    अप्रिल २६ बाट विदेश भ्रमणमा निस्किएकी परराष्ट्रमन्त्री  योको  श्रीलंकाको राजधानी कोलम्बो हुँदै काठमाडौं आउन लागेकी हुन् ।

    आज उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र समकक्षी नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    भेटका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा कुराकानी हुने सूचनामा उल्लेख छ । नेपाल र जापान बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्न लागेको अवसरमा उनको यो भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउन मद्दत मिल्ने विश्वास रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    मन्त्री श्रेष्ठसँगको भेटवार्तालगत्तै योको आजै काठमाडौंबाट टोकियो फर्किने कार्यक्रम छ ।

     

    प्रतिक्रिया
    थप समाचार