Online Nepal शनिबार, जेष्ठ ५ २०८१

गण्डकीका सभामुख धितालको बलमिच्याईँ, ३० जनाकै समर्थनमा मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा

गण्डकीका सभामुख धितालको बलमिच्याईँ, ३० जनाकै समर्थनमा मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा


मध्यान्तर
  • आइतबार, बैशाख २३ २०८१

  • काठमाडौं । गण्डकीका सभामुख कृष्णप्रसाद धितालको बलमिच्याईँ भएको छ । उनले मुख्यमन्त्री खगराज अधिकारीको पक्षमा ३० मत परेपछि विश्वासको मत पाएको घोषणा गरेका छन् । ६० सदस्यीय प्रदेश संसदको बहुमतका लागि ३१ सांसदको समर्थन चाहिन्छ  । तर  सर्वोच्च अदालतको व्याख्याअनुसार सभामुख धितालले  मुख्यमन्त्री खगराज अधिकारीलाई ३० सांसदकै समर्थनमा विश्वासको मत पाएको घोषणा गरेका हुन्।

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदको विरोधका बावजुद सभामख धितालले उक्त घोषणा गरेका हुन्। धितालले आफूलाई पनि संविधानको धारा १८६ अनुसार मतदान गर्ने अधिकार भएको भन्दै आफूसहित मुख्यमन्त्री अधिकारीलाई बहुमत भएको घोषणा गरे।

    सभामुख धितालले उक्त कुरा बताउन थालेपछि नेपाली कांग्रेसका सांसदहरुले नाराबाजी थालेका थिए।

    उनले सभामा आफूबाहेक ५९ जना सांसद मतदान प्रक्रियामा भाग लिएको र त्यसको बहुमत पुगको बताएका हुन्। प्रदेश सभामा आइतबार विश्वासको मत मागेका मुख्यमन्त्री अधिकारीका पक्षमा ३० मत खसेको थियो भने २७ मत विपक्षमा र २ मत तटस्थ बनेको थियो।

    अधिकारीलाई एमालेका २२, माओवादी केन्द्रका ७ र राजीव गुरुङले मत दिएका थिए। विपक्षमा कांग्रेसका २७ सांसदले मतदान गरेका थिए भने राप्रपाका २ जना सांसद तटस्थ बसेका थिए।
    कुल ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिने अभ्यास यसअघि हुँदै आएको थियो।

    सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सरङ्गा सुवेदीको संयुक्त इजलासले बैशाख १७ गते दिएको आदेश अनुसार सभामुखबाहेक ५९ जना सांसदको बहुमत ३० जनाले पुग्ने व्याख्या गरेका थिए।

     

    प्रतिक्रिया
    थप समाचार