Online Nepal आइतबार, जेष्ठ ६ २०८१

सभामुखसँग शीर्ष नेताहरुको बैठक बस्दै

सभामुखसँग शीर्ष नेताहरुको बैठक बस्दै


मध्यान्तर
  • मंगलबार, बैशाख २५ २०८१

  • फाइल तस्बिर

    काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाएका छन् । सभामुखको कार्यकक्षमा आज बिहान साढे ११ बजे प्रधानमन्त्रीसहित शीर्ष नेताहरुको बैठक बोलाइएको हो ।

    सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकमा बोलाइएको उनको सचिवालयले जनाएको छ ।

    शुक्रबारदेखि सुरु हुने बर्खे अधिवेशन सहज रुपमा संचालन वातावरण बनाउने प्रयासमा शीर्ष नेताहरुलाई बैठकमा बोलाइएको हो।

    सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समितिको अडान राख्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर अवरोध गरेको थियो । कांग्रेसको अवरोधले सदनको कारवाही प्रभावित भएपछि सभामुखले शीर्ष नेताहरुको बैठक बोलाएका हुन् ।

     

    प्रतिक्रिया
    थप समाचार