Online Nepal आइतबार, जेष्ठ ६ २०८१

ठमेलको चिनियाँ होटलमा सीआईबीको छापा, तीनजना नियन्त्रणमा

ठमेलको चिनियाँ होटलमा सीआईबीको छापा, तीनजना नियन्त्रणमा


मध्यान्तर
  • मंगलबार, बैशाख २५ २०८१

  • काठमाडौं । हुन्डी कारोबारको आशंकामा ठमेलस्थित एक होटलमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छापा मारेको छ ।

    चिनियाँ नागरिकले सञ्चालन गरेको होटलमा सीआईबीले छापा मारेको बुझिएको छ । प्रवक्ता होविन्द्र बोगटीले छापा मारेको पुष्टि गरे पनि होटलको नाम खुलाएनन् ।

    ‘हुन्डीको सूचनाका आधारमा छापा मारिएको हो । हामीले तीनजनालाई नियन्त्रणमा लिएका छौँ । थप अनुसन्धान भइरहेको छ’, एसपी बोगटीले भने ।

    प्रतिक्रिया
    थप समाचार