Online Nepal आइतबार, जेष्ठ ६ २०८१

रूसी सेनामा कार्यरत भोजपुरका युवकले युद्धमा गुमाए ज्यान

रूसी सेनामा कार्यरत भोजपुरका युवकले युद्धमा गुमाए ज्यान


मध्यान्तर
  • मंगलबार, बैशाख २५ २०८१

  • काठमाडौँ । रसियन सेनामा भर्ती भएर युक्रेनविरुद्धको युद्धमा सहभागी भोजपुरका एकजना युवकले ज्यान गुमाएका छन् ।

    भोजपुरको पौवादुम्मा गाउँपालिका निवासी ३६ वर्षीय युवा प्रितम राई ‘निरन’ले युक्रेनविरुद्धको युद्धका क्रममा गत बिहीबार ज्यान गुमाएका हुन् ।

    रसियन सेनाको तर्फबाट युक्रेनविरुद्ध युद्धका क्रममा प्रितमले गत बिहीबार ज्यान गुमाएको पुष्टि उनका दाजुसमेत रहेका पौवादुम्मा गाउँपालिकाका अध्यक्ष किरण राईले गरेका छन् ।

    ‘सबै नातागोता, साथीभाइ, छरछिमेकी र शुभचिन्तकहरूले सोधिरहनु भएको छ भाइ कहाँ थियो रु,के भएको भनेर’, उनले भनेका छन्, ‘राम्रोसँग जवाफ दिन पनि सकिरहेको छैन । युद्धका क्रममा भाइको निधन जानकारी हामीकहाँ आइपुगगेको छ ।’

    युक्रेन युद्धमा मारिएका प्रितम पौवादुम्मा गाउँपालिका अध्यक्ष एवम् एमाले भोजपुरका उपाध्यक्ष किरण राईका माइला भाइ थिए ।

    प्रतिक्रिया
    थप समाचार