Online Nepal आइतबार, जेष्ठ ६ २०८१

अदालत र आयोगका क्रियाकलाप गम्भीरताका साथ हेरेको छु : देउवा

अदालत र आयोगका क्रियाकलाप गम्भीरताका साथ हेरेको छु : देउवा


मध्यान्तर
  • बुधबार, बैशाख २६ २०८१

  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालत र निर्वाचन आयोगका क्रियाकलाप गम्भीरताका साथ हेरिरहेको बताएका छन् ।

    बुधबार बिहान गण्डकीका कांग्रेस सांसदहरूसँगको भेटमा देउवाले कम्युनिस्टहरू सत्ता कब्जाको शैलीमा अगाडि बढेको बताए । त्यसमा संवैधानिक निकाय, आयोगको भूमिकालाई नजिकबाट नियालिरहेको बताए ।

    गत आइतबार गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिँदा उनको पक्षमा परेको ३० मतलाई नै सभामुख कृष्णप्रसाद धितालले बहुमत घोषणा गरिदिएका थिए । त्यसका विरुद्ध कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्चमा रिट दर्ता गरेका छन् । रिटको पेसी बिहीबारलाई तोकिएको छ ।

    गण्डकीमा देखिएको असंवैधानिक कदमको बारेमा सांसदहरूले सभापति देउवालाई भेटेर ब्रिफीङ गरेका थिए । सांसदहरूको कुरा सुनेपछि देउवाले उक्त प्रतिक्रिया दिएका हुन् । “सर्वोच्च अदालत र निर्वाचन आयोगले गरेका पछिल्ला कार्यलाई कांग्रेसले गम्भीरताका साथ हेरेको छ,” देउवाको भनाइ उद्धृत गर्दै सांसद डिल्लीराम सुवेदीले भने ।

    कम्युनिस्टको सत्ता कब्जा अभिलाषामा यी निकायले साथ नदिनेमा आफू विश्वस्त रहेको देउवाले बताए ।

    प्रतिक्रिया
    थप समाचार