Online Nepal सोमबार, जेष्ठ ७ २०८१

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की दाबी पेश गर्दै

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की दाबी पेश गर्दै


मध्यान्तर
  • बिहिबार, बैशाख २७ २०८१

  • काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमालेका हिक्मतकुमार कार्की दाबी पेश गर्दैछन् । बुधबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेपछि एमाले र माओवादी केन्द्रका ५२ जना सांसदको समर्थनमा कार्कीले दाबी पेश गर्न लागेका हुन् ।

    दाबी पेश गरेलगतै समर्थकको सनाखत गराएर प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् ।

    ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । कार्कीलाई एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थन छ ।

    प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार दुई दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेका थिए । २७ असोजमा केदार कार्की सरकार गठनको अन्तिम विकल्प उपधारा ५ अनुसार नै मुख्यमन्त्री नियुक्त भएका थिए ।

    नेपाली कांग्रेसका ८ सांसदसहित विद्रोह गरेका केदार कार्कीलाई एमालेका ३९ सांसदले समर्थन गरेको थियो । त्यसबेला पनि प्रदेश प्रमुख खापुङले सांसदको हस्ताक्षर सनाखत गरी कार्कीलाई नियुक्ती दिएका थिए ।

    प्रदेश प्रमुखले नयाँ सरकार आह्वान गरेपछि कामचलाउ बनेका मुख्यमन्त्री केदार कार्की भने सर्वोच्च अदालत जाने तयारीमा छन् ।

     

    प्रतिक्रिया
    थप समाचार