Online Nepal सोमबार, जेष्ठ ७ २०८१

कोशीको मुख्यमन्त्रीमा आफैंलाई निरन्तरता दिन माग गर्दै केदार कार्की सर्वोच्च अदालतमा

कोशीको मुख्यमन्त्रीमा आफैंलाई निरन्तरता दिन माग गर्दै केदार कार्की सर्वोच्च अदालतमा


मध्यान्तर
  • बिहिबार, बैशाख २७ २०८१

  • काठमाडौँ । कोशीको मुख्यमन्त्रीमा आफैंलाई निरन्तरता दिन माग गर्दै केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

    प्रदेश प्रमुखले बुधबार साँझ मुख्यमन्त्रीका लागि आह्वान गरेका थिए। बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ बन्द छ।

    उता कोशीमा भने एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन्। आजै साँझ सपथ गराउने कार्यक्रम तय भइसकेको छ।

    आफू संविधानको धारा १६८ को उपधारा ५ अनुसारको मुख्यमन्त्री भएकाले आफू नै मुख्यमन्त्रीमा निरन्तर काम गर्न पाउनु पर्ने र अब अर्को सरकार बनाउन नमिल्ने केदार कार्कीको माग छ।

    यता सत्ता गठबन्धनले भने केदार कार्की एक महिनादेखि अल्पमतमा रहेको र विश्वासको मत लिनु समय पनि गुजारी सकेकाले उनी पदमुक्त भइसकेको भन्दै अर्को सरकार गठन गरिसकेको छ।

    रिटमा कार्कीले प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरे पनि त्यसलाई बदर गर्न माग गरेका छन्।

    प्रतिक्रिया
    ताजा अपडेट
    थप समाचार