Online Nepal सोमबार, जेष्ठ ७ २०८१

आजदेखि बजेट अधिवेशन सुरु

आजदेखि बजेट अधिवेशन सुरु


मध्यान्तर
  • शुक्रबार, बैशाख २८ २०८१

  • काठमाडौं । सघिय संसद प्रतिनिधि सभाको आजदेखि बजेट अधिवेशन सुरु हुँदैछ । आज दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभामाको अधिवेशन आह्वान गरिएको छ ।

    वैशाख २० गते बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । वैशाख २१ गते राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबारका लागि अधिवेशन आह्वान गरेका थिए ।

    यसअघि हिउँदे अधिवेशन वैशाख २ गते अन्त्य भएको थियो ।

    बैठकको सुरुमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन् । त्यसपति सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन् ।

    यसैगरी सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची छ ।
    त्यस्तै आजको बैठकमा सभामुखले आफू तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्नेछन् ।

    आजकै बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८० पेस गर्ने कार्यसूची छ ।

    यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

    यसअघि संसद् बैठकबारे बिहीबार सभामुख देवराज घिमिरेले संसदीय दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएको विषयमा छलफल भएको थियो । तर, बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।

     

    प्रतिक्रिया
    थप समाचार