Online Nepal आइतबार, असार २ २०८१

बेलायतमा संसद् विघटन, प्रधानमन्त्री सुनकले घोषणा गरे निर्वाचनको मिति

बेलायतमा संसद् विघटन, प्रधानमन्त्री सुनकले घोषणा गरे निर्वाचनको मिति


मध्यान्तर
  • बिहिबार, जेष्ठ १० २०८१

  • काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनकले जुलाई ४ मा आमनिर्वाचन गर्ने घोषणा गरेका छन्।

    प्रधानमन्त्री सुनकले आगामी जुलाई ४ मा आमनिर्वाचनको घोषणा गरेका हुन्। संसद भंग गर्ने सिफारिस राजाले स्वीकृत गरेको उनले बताएका छन्। प्रधानमन्त्री सुनकले चुनाव मिति घोषणा गर्दै बेलायतीहरूले भोटमा आफ्नो भविष्य रोज्न सक्षम हुने अभिव्यक्ति दिएका छन्।

    बेलायतको सत्तारुढ कन्जरभेटिभ्स पार्टीका सांसदहरूले प्रधानमन्त्री सुनकलाई हटाउन खोजेपछि उनले निर्वाचनको घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ।

    बीबीसीका अनुसार संसद शुक्रबार विघटन हुनेछ। संसदको पहिलो बैठक बसेको पाँचौं वर्ष पूरा भएपछि मात्र संसद विघटन हुनुपर्ने व्यवस्था छ। यदि तोकिएको प्रक्रिया अपनाएको भए बेलायतमा २८ जनवरी २०२५ अघि चुनाव भइसकेको हुन्थ्यो।

    तर सत्तारुढ दलमा रहेको विवादका बीचमा सुनक निर्वाचनमा गएको बताइएको छ। हालका प्रधानमन्त्री रहेका सुनक भारतीय मुलका नागरिक हुन्।

    प्रतिक्रिया
    थप समाचार