Online Nepal बिहिबार, असार ६ २०८१

आन्दोलनका लागि उपत्यकाका १५ वटै क्षेत्रमा खटिए कांग्रेसका प्रतिनिधि

आन्दोलनका लागि उपत्यकाका १५ वटै क्षेत्रमा खटिए कांग्रेसका प्रतिनिधि


मध्यान्तर
  • बिहिबार, जेष्ठ १० २०८१

  • काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे छानबिनका लागि संसदीय समिति माग गर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आइतबारका लागि घोषणा गरेको प्रदर्शनका लागि १५ जना प्रतिनिधि खटाएको छ ।

    संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध गरिरहेको कांग्रेसले आइतबार भृकुटीमण्डपमा हुने प्रदर्शन सफल पार्न काठमाडौं, ललितपुर र भक्तपुरका १५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिहरु खटाएको हो ।

    कांग्रेसले काठमाडौं– १ मा केन्द्रीय सदस्य अब्दुल सतार, २ मा सीता थपलिया ९उर्मिला०, ३ मा रंगमति शाही, ४ मा कुन्दन काफ्ले, ५ मा नैनसिंह महर र ६ मा गुरु बराललाई खटाएको छ ।

    यस्तै काठमाडौं ७ मा आङगेलु शेर्पा, ८ मा उमेशजंग रायमाझी, ९ मा डा. डिला संग्रौला र १० मा सरिता प्रसाईंलाई प्रतिनिधि खटाइएको कांग्रेसले जनाएको छ ।

    ललितपुर १ मा सह-महामन्त्री उमाकान्त चौधरी, २ मा देवेन्द्रराज कँडेल र ३ मा अर्जुन जोशी खटिएका छन् । उता भक्तपुर १ मा इन्द्र बानियाँ र २ मा गणेश लामा खटिएका छन् ।

    काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा आइतबार दिउँसो २ बजेका लागि घोषित सरकारविरुद्धको प्रदर्शनमा जनसहभागिता बढाउन केन्द्रीय प्रतिनिधिलाई निर्वाचन क्षेत्रमा खटाइएको कांग्रेसले जनाएको छ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सरकाविरुद्ध सडक आन्दोलनमा जाने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    थप समाचार