काठमाडौँ । हिजो भएको स्थानीय तह उपनिर्वाचनको मत परिणाम आउनेक्रम जारी छ । हालसम्म ३३ स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ भने काठमाडौंको कीर्तिपुर नगरपालिको मेयरको मत गणना जारी छ ।
आज बिहान १० बजे सम्मको परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले अग्रता कायमै राखेका छन्। कांग्रेसका डंगोलले अहिलेसम्म १३१६ मत ल्याएका छन्। उनलाई नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले कांग्रेसलाई पछ्याइरहेका छन्। मानन्धरले ९७८ मत ल्याएका छन्।
यस्तै माओवादी केन्द्रका शिवशरण महर्जनले ७१६ मत ल्याएका छन् भने राप्रपाका उम्मेदवार ध्रुव महर्जनले २२७ मत ल्याएका छन्।स्वतन्त्र उम्मेदवार राजमान मानवले ५२० मत ल्याएका छन् ।